जलवायु परिवर्तनको प्रभाव पुरुषमा भन्दा महिलामा बढी

काठमाडौं – जलवायु परिवर्तनको प्रभाव पुरुषको तुलनामा महिलामा पर्ने एक अध्ययनले देखाएको छ । विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनका कारण परेको नकारात्मक प्रभावका कारण आफ्नो थातथलोबाट बिस्थापित हुनेमा महिलाको संख्या धेरै छ ।

विस्थापित भएकामा ८० प्रतिशत महिला रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । घरायसी काममा महिलाको संलग्नता, बालकालिका तथा परिवारका सदस्यको स्याहारमा उनीहरुको भूमिका तथा खाद्यान्त तथा इन्धनको जोहोमा गर्नु पर्ने प्रयासका कारण महिला बढी जोखिममा परेका हुन् । जलवायु परिवर्तनका कारण हुने बाढी तथा खडेरीको मारमा महिला बढी पर्ने गरेका हुन् ।

सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतापछि महिला सशक्तिकरणमा जोड दिइएको छ । जलवायु परिवर्तनको सबै भन्दा बढी मार मध्य अफ्रिकामा परेको छ । त्यस क्षेत्रको चाड तालको ९० प्रतिशत भाग हराएको छ । यस्तै घुमन्ते आदीबासीको अस्तित्व नै संकटमा परेको छ । पानीका स्रोतहरु सुक्दै जाँदा महिलाहरु पानीकै लागि टाढा जानु पर्ने भएको छ ।

नाइजेरिया, क्यामरुन, चाड, नाइजर तथा मध्य अफ्रिकी गणराज्यका दशौँ लाख बासिन्दा पानीका लागि चाड तालमा निर्भर रहँदै आएका छन् । ग्रामीण क्षेत्रका मात्रै नभएर विश्वभर सबै क्षेत्रका महिला जलवायु परिवर्तनको मर्कामा पर्ने गरेको देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार