समयसीमा भित्र काम नसकेपछि कार्यदलको म्याद थप्ने तयारी

काठमाडौं – एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका लागी गठित कार्यदलले समयसीमा भित्र काम नसकेपछि म्याद थप गर्ने तयारी भएको छ । एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल दुबैले प्रतिवेदन तयार पार्न भोलीसम्मको समयसीमा पाएका छन् ।

विधान र संगठनात्मक कार्यदल सदस्य गोकर्ण बिष्टले काम सम्पन्न गरी प्रतिबेदन बुझाउन थप एक साता लाग्ने भएकाले सोही अनुसार म्याद थप गर्ने तयारी भएको बताउनुभयो । कार्यदलले मस्यौदा लेखनको काम करिब करिब टुङग्याईसकेको उहाँको दाबी छ । तर त्यसमा केहि छलफल आबश्यक रहेकाले थप केही दिन समय लाग्ने बिष्टले बताउनुभयो ।

राजनैतिक कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलले भोलीसम्ममा आफ्नो काम सम्पन्न गर्न नभ्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समयसिमा भित्र काम सम्पन्न गर्न नसक्ने देखिएको छ । भोली थप छलफल गरी समय माग गर्नेछौं ।’ २ पार्टीको एकतालाई सहयोग पुग्ने हेतुले एमाले माओबादी शीर्ष नेताहरुले बिभिन्न ४ कार्यदल गठन गरेका थिए । सबै कार्यदलको समयसीमा भोली सकिदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार