‘लिलिबिली’ ट्रेलरमा प्रियंका ३ सेकेन्डमै सिमित ! (ट्रेलरसहित)

काठमाडौं – मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’को ट्रेलर मंगलबार रिलिज गरिएको छ । ट्रेलरमा नायक प्रदिप खड्का र नवनायिका जस्सिता गुरुङबीचको लभ केमेस्ट्री देख्न सकिन्छ ।

अर्की नायिका प्रियंका कार्कीलाई भने ट्रेलरमा खासै स्थान दिइएको छैन । उनी जम्मा ३ सेकेन्ड झुलुक्क देखिन्छिन् । उनलाई लुकाउने रणनीति पनि हुन सक्छ । अनुपविक्रम शाही भने नेगेटिभ रोलमा देखिएका छन् । महंगो बजेटको यो फिल्मको सुटिङ बेलायत, स्कटल्यान्ड, टर्की लगायतमा देशमा गरिएको थियो ।

ट्रेलरमा तीन देशका आकर्षक दृष्यहरु समेटिएको छ, जसले दर्शकलाई फिल्म हेर्न लोभ्याउन सक्छ । यसै फिल्मबाट नायक खड्काले २२ लाख पारिश्रमिक लिएर चर्चामा आएका थिए । आगामी चैत्र ३० गते रिलिज हुने यो फिल्मको निर्माण गोविन्द शाही र सुदिप खड्काले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार