विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेस हारे पनि बिपी विचारको जित’

चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीय रुपमा कमजोर भए पनि बिपीको विचारको जित भएको बताएका छन्।

नेपाली कांग्रेस, चितवनले सोमबार आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको कांग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उनले कांग्रेस हारे पनि देशको जित हुनुपर्ने बताए।

बिपीको विचारलाई मनन गर्दै कम्युनिस्ट अघि बढ्न थालेको भन्दै उनले अहिलेको हारबाट कांग्रेस कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको भनाइ राखे। बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बिपीको विचारमा कम्युनिस्ट आइरहेको उनको भनाइ थियो।

कांग्रेसले मधेस-पहाड-तराई जोड्न सकेको भन्दै शर्माले बिपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार