नेपाल पत्रकार महासंघको समावेशी उपाध्यक्षमा दिलिप थापा मगर अगाडि

काठमाडौं –  नेपाल पत्रकार महासंघको हुन गइरहेको २५ औं महाधिवेशनमा समावेशी तर्फबाट दिलिप थापा मगरले उम्मेदवारी दिएका छन् । आइतबारबाट सुरु हुने महाधिवेशनमा उनले सबै पत्रकारलाई समेटेर जाने योजना बनाएको बताए ।

म यसअघिको पनि केन्द्रीय सदस्य हुँ, त्यहाँ रहँदा जति गरेको छु त्यो पनि उल्लेखनीय नै थियो ’ उनले भने ‘ व्यवसायिक र इमान्दारितापूर्ण पत्रकारिता मेरो धर्म हो यसको मर्म र भावनालाई मर्न दिन्न ।’ थापा मगर १७ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।

भक्तपुरबाट पत्रकारिता सुरु गरेका उनी पत्रकारिताका क्रममा सबै जिल्ला पुगेर पत्रकारको गुनासो सुनेका छन् । आफै समाचार उत्पादन तथा वितरण गर्दैै आएका थापाले अबको कार्यकाल पनि पत्रकार र पत्रकारिता जगतकै लागि खर्चने प्रतिवद्धता जनाइसकेका छन् ।

‘ मैले महासंघमा रहेर होस् वा बाहिर बस्दा होस् पत्रकारको समस्या बुझेको छु त्यसलाइ सम्बोधन गर्ने पहिलो लक्ष्य हो ।’ उनी प्रेस स्वतन्त्रताको आन्दोलनमा सधैं सक्रिय रहने गरेका छन् ।

आफैं क्यामरा बोकेर हिँड्ने दिलिप श्रमजीवि पत्रकारको पक्षमा लागिपर्ने बताउँछन् । उनी पटकपटक पक्राउ र जेलसमेत परेका छन् । थापा नेपाली कांग्रेसनिकट पत्रकार हुन् ।

उनी अहिले गोबिन्द आचार्यको समूहबाट समावेशी उपाध्यक्ष उठ्न लागेका हुन् । ३ वर्षअघि भएको महाधिवेशनमा सचिवमा थोरै मात्र मतले पराजित उनी त्यसपछि पनि निरन्तर पत्रकारितामा नै सक्रिय रहे ।

‘ म व्यवसायिक पत्रकार हुँ, दिनरात पत्रकारिताबाहेक अरु सोचेको छैन ’ थापाले भने ‘ पत्रकार मतदाताहरुले मलाई मत दिनुहुन्छ भन्ने लागेको छ उहाँहरुको मत खेर जान दिने छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार