शनिवार र औशीमा प्रेमीलाई नभेट्नुस्, शुक्रवार र पूर्णिमामा भेट्दा हुन्छ यस्तो फाइदा

काठमाडौे- प्रेमलाइ हामी सुखी जीवन र दिर्घकालिन बनाउन चाहन्छौ तर कतिपय अबस्थामा यो हामीले सोचे जस्तो भइरहेको हुँदैन । कहिले सामान्य खटपट आउँछ भने कुनै अवस्थामा प्रेम सम्बन्धहरुको नै अन्त्य हुने गरेको छ ।

अब यस्तो अवस्थामा प्रेमलाई राम्रो र जीवन पर्यन्त बनाउनका लागि ज्योतिष शास्त्रमा केही व्यवस्था गरिएको छ । ज्योतिषमा शुक्र लाई प्रेम कारक ग्रह मानिन्छ । यदि शुक्र सकारात्मक छ भने तपाइको प्रेम सफलताको बाटो तिर सहजै जान्छ ।

तर यदि शुक्र कमजोर छ भने प्रेममा खटपटी आउने हुन्छ । प्रेम सफल बनाउने सबैको चाहना हुन्छ तर ग्रहको नकारात्मक प्रभावका कारण टुट्न जान्छ ।

प्रेम सम्बन्ध लाइ राम्रो बनाउन केही विधि अपनाएको खण्डमा यसलाई टिकाउन सकिन्छ । तपाई यदि प्रेम सम्बन्ध कमजोर भइरहेको छ भने शुक्रबार विहानै उठेर स्नान गर्ने ( नुहाउने ) अनि शुक्रबार एक दिन माछा(मासु , लसुन, प्याज, नुन (धुमपान र मध्यपान ) नखाने । र एउटा ओपल धारण गर्नुहोला । यदि यसो गरेमा तपाइको प्रेममा सफलता मिल्नेछ ।

यदी तपाईहरुको प्रेम सम्बन्धमा समस्या उत्पन्न भएको छ भने कृष्ण मन्दिरमा बासुरी र पान अर्पण गर्नुहोस् ।गिफ्ट दिदा एक अर्कालाई कालो रंगको कुनै पनि वस्तु नदिनु होला यसले सम्बन्धमा समस्या उत्पन्न हुन्छ ।
केटाहरुलाई प्रेममा सफतला पाउनका लागि पन्नको औठी लगाउन आवश्यक हुन्छ ।

प्रेमी प्रेमिकाले शनिवार र औशीको दिन भेटघाट गर्नु हुँदैन । यस दिन भेट भएमा दुई जनावीच विवाद हुन सक्छ । तर शुक्रबार र पूर्णिमाको दिन भेटघाट गर्दा भने सम्बन्ध राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार