नेपाललाई अमेरिकाद्धारा ५० करोड सहयोग

काठमाडौ, – अमेरिकी सरकार अन्तर्गतको मिलिनियम च्यालेन्ज को–अपरेसनको सञ्चालक समितिले नेपाललाई ५० अर्ब बराबरको सहयोग स्वीकृत गरेको छ ।

शुक्रबार बसेको मिलिनियम च्यालेन्ज सञ्चालक समितिको बैठकले रकम स्वीकृत गरेको हो । अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगमा यो अहिले सम्मकै ठुलो सहयोग हो ।

दक्षिण एसियामा पहिलो उपलब्धीमूलक कार्यक्रम एमसीसीको लगानीलाई सहयोग गर्न अमेरीकी सरकारले तेह्र अर्ब थप गरी कुल ६३ अर्ब पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालको पूर्वाधार विकास सडक निर्माण, गरिबी निवारण र सम्पर्क विस्तार लगायत विद्युत उत्पादन तथा प्रसारणमासमेत खर्च गरिने बताइएको छ । उक्त रकमबाट भारतमा समेत विद्युत प्रसारण लाइन स्थापना गरी विद्युत बिक्री गर्ने योजना रहेको छ ।

पाँच बर्षभित्र खर्च गरिसक्नु पर्ने  रकमबाट कानुनी राज्यको अवधारणा ,प्रजातन्त्रको संस्थागत विकास लगायतका काममा खर्च गरिनेछ । ट्रम्प सरकार गठन भएयता एमसीसी बोर्डले सहयोग उपलब्ध गराउने निर्णय गरेको यो पहिलो पटक हो ।

न्यून आय भएका मुलुकहरुलाई दिइने यस प्रकारको सहयोगमा एसियाबाट नेपाल छनोट भएको थियो ।
नेपालमा भएको राजनीतिक परिवर्तन, कमजोर श्रमीक सम्बन्ध, यातायातको अधिक मूल्य, विद्युत अभाव र दुई बर्ष अगाडिको भूकम्पका कारण नेपालले बेहोरेको क्षतिलाई मुल्याङ्कन गरी सहयोग प्रधान गरिएको हो ।

यो सहयोगबाट पूर्वाधार निर्माण भई गरिबी निवारणमा सहयोग पुग्ने, मुलुकमा स्थायित्व कायम हुने र नयाँ व्यापारका अवसर श्रृजना हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार