राष्ट्रपतिको आह्वानमा तीन दलका नेता शितल निवासमा !

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख तीन दलका शीर्ष नेताहरु बीच शितल निवासमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारीको आह्वानमा भएको छलफलमा प्रधानमन्त्री शेरबहाहदुर देउवाको भारत भ्रमण, आगामी निर्वाचनलगायत समसामयीक राजनीतिक विषयमा छलफल गर्नाका लागि तीन दल शितलनिवास पुगेका थिए ।

शितलनिवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री नेकपा एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शितलनिवास पुग्नु भएको थियो ।

त्यस्तै प्रमुख तीन दलका शीर्ष नेताहरु रामचन्द्र पौडेल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ समेतको छलफलमा सहभागीता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार