राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन ससमिति बैठक आज पनि बस्दै छ । दुई दिनदेखि जारी राप्रपाको केन्द्रीय समिति बैठकमा संविधान संशोधनका विषयमा पुनःविचार गर्नुपर्ने विषयले प्रथामिकता पाएको छ ।

परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले प्रस्तावको समर्थन गर्न नहुने बिषयमा धेरै केन्द्रीय सदस्यको धारणा रहेको नेताहरुले बताएका छन् ।

पार्टीको आधिकारिक निर्णय भने बैठक सकिएपछि सार्वजनिक गरिने पार्टीका नेता भुवन पाठकले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार