प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि निर्वाचन आयोगको तयारी तिब्र

काठमाडौं- निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनको तयारी तिब्र पारेको छ । प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हँदैछ ।

निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगाएतका सामानहरु जिल्ला, जिल्लामा पु¥याउने, थपिएका स्थानीय तहमा मतदाता नामावलि संकलनको कामलाई व्यवस्थित गर्ने काम अहिले भैरहेको आयोगले जनाएको छ ।

भदौ ७ गते भित्र आफ्नो कार्यालय स्थापना गरिसक्न निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरुलाई आग्रह गरेको छ भने निर्वाचन अधिकृतले भदौ १२ गते आफ्नो कार्यालय स्थापना गर्नुपर्ने छ ।

मुख्य निर्वाचन अधिकृतको लागि भोली र पर्सि २ दिन तालिम सञ्चालन हुने र त्यसपछि निर्वाचन तयारीको काम अझै तिब्र हुने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्ने पनि जनाएको छ । निर्वाचनलाई स्वच्छ र धाँधली रहित तरिकाले सम्पन्न गराउन निर्वाचन आचारसंहिता लागू गरेकाले आचारसंहिताको पालना गरिदिन आयोगले सबैलाई आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार