फ्री भिसा फ्री टिकटमा सरकार असफल

काठमाडौँ – वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट’ नीति कार्यान्वयन असफल देखिएको छ । वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण जिम्मेवारी पाएको निकाय वैदेशिक रोजगार विभागकै लाचारीले फ्री भिसा फ्री टिकटको व्यवस्था लागू हुन नसकेको हो ।

सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो । सो निर्णयका आधारमा २१ असार ०७२ देखि फ्री भिसा फ्री टिकटको नीति लागू भएको छ ।

तर, निर्णय भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । फ्री भिसा फ्री टिकट लागू भएका देशमा जाने कामदारबाट म्यानपावरले प्रतिव्यक्ति ८० हजारदेखि १० लाख रुपैयाँसम्म असुलिरहेका तथ्य सार्वजनिक भएको छ, नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार