चुरे भावरको महासचिवमा खड्का

काठमाडौं –  चुरे भावर लोकतान्त्रिक पार्टीको महासचिवमा पुष्पकेशर खड्का  मनोनीत भएका छन् । भूमिराज निरौला अध्यक्ष रहेको चुरेभावर लोकतान्त्रिक पार्टीको महासचिवमा पुष्पकेशर खड्कालाई सचिवबाट बढुवा गरेर सर्वसम्मतरुपमा महासचिवको जिम्मेवारी दिइएको अध्यक्ष निरौलाले बताए

। ‘ केही समयदेखि महासचिव पद रिक्त थियो, उहाँको काम र लगनशीलताको कदर गर्दै महासचिव बनाइएको हो ’ निरौलाले भने ‘ अब चुरे भावरले थप नयाँ दिशा लिने छ, राजनीतिक रुपमा परिपक्व भएको महसुुस गर्न थालेका छौं ।’ महासचिव भएपछि खड्काले पनि पार्टीले विश्वास गरेर दिएको जिम्मेवारीको सम्मान गर्ने बताएका छन् ।

लामो समयसम्म शिक्षण पेशामा संलग्न रहेर खड्का राजनीतिमा लागेका हुन् । उनले राजनीति समाजसेवा भएको बताउँदै दिनरात जनताकै सेवामा लाग्ने प्रतिवद्धता जनाएका छन् । संविधानसभामा दोश्रो निर्वाचनमा पनि भाग लिएको चुरेले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि केही सीट जित्ने गरी तयारी गरेको पार्टीले जनाएको छ ।

चुरे भावरले समसामयिक राजनीतिक अवस्थाले निकास दिन नसक्ने प्रष्ट पारेको छ । ‘ मुख्य कुरा नेताहरु देश र जनताप्रति गम्भीर र जिम्मेवार भएनन्, बाढीपहिरोले जनता रोइरहेका छन् तर नेताहरु आफ्नो स्वार्थमा देशलाई बन्धक बनाउँदै रमाइरहेका छन् ’ निरौलाले भने ‘ हामीलाई राजनीतिबाट लिनु केही छैन, सबै सेवा दिनकै लागि राजनीति गरेका हौं ।

’ सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने पार्टीको भनाई छ । चुरेले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत संकलनका लागि ५ वटा समूह सक्रिय रहेको जनाएको छ ।

अहिले देश रोएको छ, यो पींडामा हामीले पनि केही सहयोग गर्नुपर्छ भन्ने बुझेर यो अभियानमा लागेका हौं ’ निरौलाले भने ‘ सरकार अझै गम्भीर हुनुपर्छ, यही पाराले पीडितले सेवा पाउन सक्दैनन्, हामी त्यसको खवरदारी गर्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार