मुग्लिन नारायणगढ सडक पुनः अवरुद्ध

चितवन –  नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ ।

शुक्रबार दिउँसो २ः १५ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो ।

पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार