यी खेलाडी ट्रकका ट्रक पैसा घर ल्याउँछन्, पैसाको ओछ्यानमा सुत्छन्

काठमाडौं, २ भदौ — बक्सिङ खेलका राजा फ्लोयड मेवेदरले असाध्यै धेरै पैसा कमाउँछन् । कतिचोटि त उनले बैंकबाट पैसा ल्याउनका लागि ट्रक नै प्रयोग गरेका छन् ।

मेवेदरसँग ७१ अर्ब रुपैयाँ सम्पत्ति छ । उनी आफूले कमाएको पैसालाई साह्रै माया गर्छन् । त्यसो त खर्च पनि दिल फुकाएरै गर्छन् ।

पैसाप्रति अत्यन्तै प्रेम हुनाले मेवेदरले करोडौंको क्याश बिछ्याएर त्यसमाथि सुत्ने पनि गरेका छन् ।

मेवेदरले खाना खाँदा, कारमा हिँड्दा, विमानमा उड्दा वा ओछ्यानमा करोडौं रुपैयाँ क्याश राख्छन् । नग्न महिलाहरूको क्लबमा गएर उनी लाखौं डलर उडाइदिन्छन् । उनका यस्ता हर्कत देखेर मानिसहरूले उनलाई सनकी भन्छन् ।

मेवेदरले कोनोर म्याकग्रेगोरसँग भदौ १० गते बक्सिङ फाइट गर्दैछन् ।

बाह्र राउन्डसम्म चल्ने यो फाइटमा अर्बौं रुपैयाँ दाउमा राखिएको छ । जसले जिते वा हारेपनि मेवेदरले एक अर्ब रुपैयाँ र म्याकग्रेगोरले ८२४ करोड रुपैयाँ पाउनेछन् ।

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार