यी अभिनेत्रीलाई हेर्न फ्यानको ठूलो भीड, उनी नै छक्क परिन्

काठमाडौं,  — बलिउड अभिनेत्री सन्नी लियोनको फ्यान फलोइङ गजबको रहेछ भन्ने हालै प्रमाणित भएको छ ।

बिहीवार उनी एक प्रोमोसनल कार्यक्रममा कोच्ची गएकी थिइन् । उनको एक झलकका लागि मानिसको ठूलो भीड जम्मा भयो ।

भीडलाई देखेर सन्नी लगायत सबैजना तीनछक्क परे । विशाल भीडलाई नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज नै गर्नुप–यो ।

सन्नी कोच्ची पुग्नेबित्तिकै उनका फ्यानले उनलाई खुला दिलले स्वागत गरे ।

उनलाई हेर्नका लागि मानिसले स्टेज पनि भाँचिदिए र कटआउट्स च्यातेर भित्र पसे । फ्यानहरूले उनीसँग तस्वीर खिच्न तँछाडमछाड गरे ।

सन्नीले सामाजिक सञ्जालमार्फत यो अनुभव शेयर गर्दै भनिन्, ‘मसँग शब्द छैन । कोच्चीवासीहरूप्रतिको आभार म शब्दमा प्रकट गर्न सक्दिनँ । मानिसहरूको प्रार्थना र समर्थनबाट अभिभूत छु । यो शहरलाई म कहिल्यै भुल्ने छैन । धन्यवाद !’

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार