बाढीका कारण स्थानीय तहको निर्वाचन प्रभावित

राजविराज – बाढीका कारणले जनजीवन प्रभावित भएपछि सप्तरीमा स्थानीय तहको निर्वाचन सम्बन्धी गतिविधि प्रभावित भएको छ । दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धी गतिविधि हालसम्म सञ्चालनमा आएको छैन ।

८ नगरपालिका र ९ गाउँपालिका गरी १९ वटा स्थानीय तहको सङ्ख्या रहेकोमध्ये हाल सोको सीमा संरचना फेरवदल गरी ९–९ वटा नगरपालिका–गाउँपालिका कायम गरे पनि निर्वाचन कार्यालयले हालसम्म निर्वाचन सम्बन्धी कुनै गतिविधि सञ्चालन गरेको छैन ।

सीमा फेरबदल भएको नगरपािलका–गाउँपालिमा मतदाता नामावली र प्राविधिक कुराहरू मिलाउन समय लाग्ने भए पनि एक महिना मात्र बाँकी रहदाँ निर्वाचन सम्बन्धी गतिविधि सञ्चालन नहुँदा निर्वाचनमा अवरुद्ध हुनसक्ने यहाँका बुद्धिजीवीहरूको भनाई छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन प्रमुख महेश कुमार ठाकुरले बाढीका कारण निर्वाचन सम्बन्धी गतिविधिमा केही ढिलाइ भएको स्वीकार गर्दै भदौ ७ गतेभित्र प्रमुख निर्वाचनको कार्यालय तथा भदौ १२ गतेभित्र सबै नगरपालिका–गाउँपालिकामा निर्वाचन कार्यालय स्थापना गरिसक्ने बताउनुभयो ।

बाढीकै कारण प्रमुख राजनीतिक दलहरुपनि निर्वाचन सम्बन्धी गतिविधिमा लागेको देखिदैन् । जिल्लामा पकर जमाएका नेकपा एमाले, नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल, नेकपा माओवादी लगायतका दलहरू समेत निष्कृय नै देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार