बाढीपीडितलाई आईएमई फाउन्डेसनले राहत

इटहरी  – अविरल वर्षाका कारण आएको बाढीले विस्थापित इटहरी नगरपालिकाका बाढीपीडितलाई आईएमई फाउन्डेसनले राहत वितरण गरेको छ ।

नगरका१ हजार भन्दा बढी बाढीपीडितलाई फाउन्डेसनले राहत उपलब्ध गराएको हो ।

आईएमई फाउन्डेसनले इटहरी उपमहानगरपालिका ३,१०,१४  नम्बर वडाका एक हजार जनालाई राहत उपलब्ध गराएको छ ।

संस्थाले बाढीपीडितलाई  दैनिक जिवनमा प्रयोग हुने खाद्यान्न,लत्ताकपडा  लगाएतका सामग्रीहरु प्रदान गरेको  रोसन रखालले जानकारी दिए   ।

आईएमई फाउन्डेसनले सुनसरीसँगै सिराहा,सप्तरी र झापाका बाढीपीडितहरुलाई समेत राहत वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार