रसुवागढीमा पहिरो जाँदा मालबाहक कन्टेनरमा क्षति

काठमाडौ, २ भदौ,- गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा रसुवागढी भन्सार यार्डमा रोकिएका मालवाहक कन्टेनरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पहिरोको कारण रोकिराखेको ना २ ख ४६९४ नम्बरको कन्टेनरमा क्षति पुगेको हो । रेडिमेट सामाग्री बोकेर आएको कन्टेनर भन्सार यार्डमा रोकिएको थियो ।

पहिरो खसेको ठाउँमा २० ओटा भन्दा बढि कन्टेनर रोकिएका छन् ।पहिरोका कारण टिमुरेस्थित तातोपानीदेखि रसुवागढी नाकासम्म बाटो समेत अवरुद्ध भएको छ । रसुवागढी जलविद्युत आयोजना र चिनियाँ पक्षले अवरुद्ध भएको बाटो खुलाउने काम गरिरहेको छ ।

गत वर्ष बर्षातको समयमा रसुवागढीमा पहिरोको कारण २० ओटा मालवाहक कन्टेनरमा क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार