बार्सिलोना आक्रमणमा १३ को मृत्यु : दोस्रो हमला प्रयास रोकेको प्रहरीको दावी

बार्सिलोना -स्पेनको बार्सिलोना शहरमा आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । घटनामा ८० जना घाइते भएका छन् ।

बार्सिलोना आक्रमणपछि क्याम्ब्रिल्स बन्दरगाह क्षेत्रमा पनि आक्रमण भएको छ ।

प्रहरीले त्यहाँको आक्रमण रोक्न फायरीङ गर्दा केही व्यक्ति मारिएका छन् ।

यसअघि बार्सिलानाको पर्यटकीय क्षेत्र लास राम्बलास क्षेत्रमा मानिसहरुको भिडमा कार आक्रमण भएको थियो ।

आक्रमणकारीले मानिसहरुको भिडमा लगेर कार जोताएका थिए ।

सो आक्रमणमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिउ सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा स्लामिक स्टेटको संलग्नता रहेको अनुमान छ ।
-स्पेनका प्रधानमन्त्री मारियानो रखायले यो ‘जेहादी आक्रमण’ भएको बताएका छन् ।
-बार्सिलोनामा भएको आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ। उक्त आक्रमण आफ्नो सेनाले गरेको दावी इस्लामिक स्टेटले गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार