प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको एक अर्ब गृह मन्त्रालय पनि पुगेन

काठमाडौँ –   प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ ।

कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो किस्तामा ५० करोड र दोेस्रो किस्तामा ५० करोड गरी एक अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो । तर, सो रकम बिहीबारसम्म गृह मन्त्रालयमा पुगेको छैन ।

गृहले मन्त्रालयकै केन्द्रीय दैवीप्रकोप उद्धार कोषमा रहेको रकम नै बाढी प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम आउन ढिलाइ भए पनि रकम अभाव नभएको बताए, नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार