किरियापुत्रीलाई चिउरा, बाढीपीडितको बिजोग

रौतहट –  जिल्लाको देवाहीगुनाही गाउँपालिका–२ दोहोराटोलका १ सय ४० घरपरिवार पाँच दिनदेखि चिउराका भरमा गुजारा चलाइरहेका छन् । गत आइतबार गाउँमा पसेको बाढीले दोहोराटोलका १ सय ४० घर जलमग्न भएपछि स्थानीयले गाँस र बास त गुमाए नै कतिपयले बुढेसकालको सहारासमेत गुमाएका छन् ।

पाँच दिनदेखि खुला आकाशमुनि रात बिताउँदै आएका स्थानीयले बुधबार केही थान त्रिपालबाहेक अरू केही पाएका छैनन् । बाढीले स्थानीय ८० वर्षीय जिम्दार रायले श्रीमती नै गुमाउन पुगे । किरिया बसेको राय परिवार चिउरा खाएर जुगारा चलाउँदै छ, राजधानी दैनिकमा खबर छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार