तीन छोरी गुमाएका चौधरीको घर सरकारले बनाइदिने

नेपालगन्ज – गत शनिबार आएको बाढीपछि घर भत्किँदा तीन छोरी गुमाएका बाँकेको राप्ती सोनारी गाउँपालिका–४ लालपुरका कमिलाल थारूको परिवारका लागि सरकारले घर बनाइदिने भएको छ । बाढीपीडितको अवस्था बुझ्न बिहीबार फत्तेपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडित परिवारका लागि घर निर्माण गरिदिने बताएका हुन् ।

साथै उनले बिहीबार नै कमिलाललाई ६ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरे । २८ साउनमा राप्ती नदीमा आएको बाढीले लालपुरका कमिलाल थारूको परिवारका १२ वर्षकी अञ्जु थारू, नौ वर्षकी सरिता थारू र सात वर्षकी सुस्मिता थारूको ज्यान गएको थियो, राजधानी दैनिमा खबर छ | ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार