राप्रपाको केन्द्रिय बैठक हेटौंडामा सुरु

काठमाडौ, १ भदौ-  राष्ट्रिय प्रजातन्त्र पार्टीले विभाजनपछि पहिलो पटक अध्यक्ष कमल थापाको गृह जिल्ला हेटौंडामा केन्द्रीय समितीको बैठक सुरु भएको छ ।

बैठकमा पार्टी विभाजन पछिको उत्पन्न परिस्थीतीको विश्लेषण, सरकारले अघि बढाएको संबिधान संसोधनका विषयमा रणनिती र कार्ययोजना तयार पार्ने अध्यक्ष थापाले बताउनुभयो ।

दुई नम्बर प्रदेशको निर्वाचनका तयारीका विषयमा समेत बैठक केन्द्रीत हुने प्रवत्ता भुवन पाठकले जानकारी दिनुभयो । पार्टी विभाजनका क्रममा पशुपति समशेर राणाको पक्षमा गएका सांसद तथा केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले दिएकोे समयसीमा अघि नै मुलधारमा फर्कन आग्रह गरिएको प्रबक्ता पाठकले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष थापाले नेपाललाई हिन्दु राष्ट्र भएको हेर्न नचाहाने विदेशी शक्तीकै इशारामा सरकार स्वयम् राप्रपा विभाजनमा सक्रीय भएको केन्द्रीय सदस्यहरुलाई जानकारी दिनुभएको थियो ।

पार्टी फुटको संघारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको विषेश केन्द्रीय समितिको बैठक हेटौंडामा सुरु भएको छ । भाद्र ३ गतेसम्म हुने विशेष बैठकमा करिब एकसय जना केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको छ ।

बैठकमा राप्रपाको विभाजनको विषय, संविधान संसोधनको विषय, प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको विषय तथा पार्टीको आन्तरीक संगठन निर्माणका विषयहरुमा छलफल हुने पार्टी प्रवक्ता पाठकले बताउनुभयो ।

राप्रपाको विभाजन भएपछि हुन लागेको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ । आगामी भदौ ४ गतेसम्मको लागि नयाँ पार्टीको मान्यता दिन ४० प्रतिशत पुर्याउन पशुपति शम्सेर जवरालाई निर्वाचन आयोगले समय दिएको अवस्थामा राप्रपा अध्यक्ष कमल थापाले आफ्नो गृहनगरमा बैठक राख्नुलाई महत्वको साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार