दुवै पक्षका अध्यक्षको प्रत्यासी दुईले जित्ने दावी

काठमाडौं, १ भाद्र । नेपाल पत्रकार महासंघमा यतिखेर चुनावी गरगर्मी बढेको छ । महासंघका दुवै पक्षका अध्यक्षको प्रत्यासी उम्मेदवारी गोविन्द आचार्य र तिर्थ कोइरालाले दुईले जित्ने दावी गरे ।
अध्यक्षका प्रत्यासी गोविन्द आचार्यले निर्वाचनमा जसले जिते पनि एक जना अध्यक्ष र अर्को सल्लाहकार हुनेछ’–‘हामी दुबै हार्दैनौँ, एक जना अध्यक्ष भए अर्को सल्लाहकार हुन्छौं ।’ निर्वाचनको तिब्र तयारी भए पनि अन्तिम समयमा आफूलाई कोइरालाले समर्थन गरी उम्मेदवारी फिर्ता लिनेमा आशावादी रहेको आचार्यले विश्सा व्यक्त गरे । उनले –‘तिर्थ दाई अग्रज हुनुहुन्छ, वहाँलाई सल्लाहकारमा बस्न सुहाउँछ पनि ।’ अग्रज र जेठा भएका कारण कोइराला अध्यक्ष पदमा नभएर सल्लाहकारमा बस्नुपर्ने आचार्यले तर्क गर

कार्यक्रममा बोल्दै अध्यक्षका अर्का उम्मेदवार तिर्थ कोइरालाले पत्रकार महासंघको राजनीति आफूले हालसम्म नगरेको भए पनि महासंघलाई नजिकबाट नियालेको बताए । ‘महासंघको राजनीति म जान्दिन, अहिले स्वतन्त्र नै उम्मेदवार हुँ’ कार्यक्रममा बोल्दै कोइरालाले भने– ‘परिस्थितीका कारण एउटा माउ पार्टीको सहयोग लिएको हुँ ।’ उनले सैद्धान्तिक रुपमा कांग्रेस, माओवादी, एमाले लगायतका सबै पार्टीले सहयोग गर्ने बचन दिएको भए पनि टेक्निकल रुपमा कुरा नमिलेपछि एउटा पार्टीको छायाँमा पर्नुपरेको बताए ।

पत्रकार पेन्सनको प्रसंग निकाल्दै उनले आफू सरकारले पत्रकारलाई पेन्सन दिनुपर्छ भन्नेको विपक्षमा रहेको बताए । जुन मिडिया हाउसमा काम गरेको हो त्यहि मिडिया हाउसले पत्रकारलाई क्षमता अनुसार पेन्सन दिनुपर्ने उनको धारण थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार