डुवानमा परेको भन्दै सुस्तावासीले भारतीय बाँध भत्काए

नवलपारासी  – भारतले बनाएको बाँधका कारण डुवानमा परेको भन्दै नवलपरासीका सुस्तावासीले नहरको बाँध भत्काएका छन् ।

आफ्नो ठाउँको पानीको निकास नभएको भन्दै उनीहरुले नहरको बाधमा खनेर पानी निकास गर्न खनेका छन् ।

स्थानीयले बाँध भत्काउन लागेको सूचना पाएका नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख स्थानीयले खनिरहेको स्थानमा पुगेर अवलकोन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयले खेतको पानी नहरमा खसाल्न नहर नजिक खनेको भन्दै त्यसलार्इ बाँध भत्काएको भन्न नमिल्ने दाबी गरे ।

उनले भने,  उहाँहरूले जमेको पानीको निकाश गर्न खोज्नु भएको हो, तर हामीले भारतीय पक्षसँग कुरा गरेर मिलाउन भनेपछि उहाँहरूले मान्नु भयो ।

स्थानीयले बाँधका कारण पानीको बहाव रोकिएको र खेतिपातिमा समेत असर गरेपछि बाध्य भएर पानीको निकास खोजेको बताए ।

प्रमुख जिल्ला अधिकारीले भारतीय पक्षसँग कुराकानी गरेका पानीको निकासको व्यवस्था गर्ने आश्वासन दिए र बाँधमा खन्नबाट स्थानीयलाई रोके ।

केही दिन अघि देखि परेको पानीपछि आएको बाढीका कारण जनधनको क्षति भएको र भारतले लगाएको बाँधका कारण पानी रोकिएको भन्दै उनीहरुले पानी कटाउनका लागि नहरको बाँध नजिकै पानी निकासको स्थान बनाउन शुरु गरेका थिए ।

उनीहरुले नहरसँग खन्न थालेसँगै भारततर्फ पनि त्यसबारे जानकारी गराइएको छ ।

त्यससँगै भारतीय अधिकारीहरु पनि घटनास्थलमा आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार