बाढी पीडितलाई एक महिनालाई पुग्ने राहत वितरण गरिँदै

काठमाडौं– सरकारले  बाढीपहिरोबाट प्रभावित भएकालाई एक महिनाको लागि पुग्ने राहत वितरणको तयारी थालेको छ । गृहमन्त्रालयले  बिहिबारदेखि   प्रति परिवारलाई एक महिनालाई पुग्ने राहत वितरण गरिने जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार आजदेखि  प्रभावित सबै जिल्लाका बाढी पहिरो पिडितलार्इ ड्राइफुड बितरण कम गरि प्रति परिवार १ महिनासम्म पुग्ने किलो चामल, दाल, तेल, नुनलगायतका राहत सामग्री वितरण गर्न  लागिएको हो ।

यस्तै  स्थानिय स्तरबाट यथार्थ क्षति मुल्याङकन प्राप्त हुनासाथ तत्काल नीतिगत प्रणाली बनाइ पुनस्थापना र सङरचना पुननिर्माणको कार्य युद्धस्तरमा अघि बढाइने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म  बाढीपहिरोबाट १२८ जनाको मृत्यु हुनुका साथै ३३ जना वेपत्ता भएका छन् ।

यस्तै १ लाख ५ हजार  पीडितको हालसम्म उद्दार गरिएको र उनीहरुलाई १ लाख २० हजार किलो ड्राइफुड, पानी, औषधी र अन्य राहत सामाग्री वितरण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको बुधबारको कार्यप्रगति 
– नेपाली सेनाको हेली मार्फत जनकपुरबाट सक्रौल, सिसौटमा ४र४ टन खाधान्न पठाइएको ।
– एअर डाइनाष्टी मार्फत रौतहट माधबपुर, देबही, सर्लाहीको गढैया, खैरहवा र महोत्तरीको लोहारपट्टीमा १–१ ट्रीप
–मोरङ्गबाट सप्तरीको लागि ६ ट्रीप र १३ ट्रकबाट खाधान्न र राहत सामाग्री पठाइएको ।
– गृह मन्त्रालय अन्तर्गत क्षेत्रीय आपतकालिन गोदाम घर हेटौडाबाट सर्लाहीको लागि २ ट्रक त्रीपाल पठाइएको ।
– जिल्लाबाटै खाधान्न तथा राहत सामाग्री खरिद गरि त्यहीबाटै बितरण गर्न जिल्ला प्रशासनहरुलाइ ५ करोड १२ लाख रकम पठाइएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार