प्रदेश नम्बर २ को निर्बाचनका लागि आजदेखि आचारसंहिता लागू

काठमाडौं, भदौ १ – आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ ।

आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतदानलाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाइने छैन । आचारसंहिता सरकार र मन्त्रीहरु, सम्बन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीमा लागू हुनेछ ।

यस्तै सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई पनि आचार संहिता लागू हुने निर्वाचना आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारलाई भने भदौ २१ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार