नालामा डुबेर आमाछोरीको मृत्यु, एक वेपत्ता

नेपालगञ्ज , साउन ३२ – बाँकेको नरैनापुर गाउँपालिका–६ गंगापुर कुदरबेटवामा नालामा डुबेर आमाछोरीको मृत्यु भएको छ ।

मंगलबार राति जमुनीबाट कुदरबेटवा घर फर्किने क्रममा छोटेलाल यादवकी श्रीमती ३० वर्षीया सेमदोली र ८ वर्षीया छोरी अञ्जली र ३ वर्षीया छोरी सुनिता नालामा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये सेमदोली र अञ्जलीको शव बुधबार बिहान भेटिएको बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । बेपत्ता सुनिताको खोजी भइरहेको छ ।

छोटेलाल यादवलाई पनि नालाको पानीले बगाएको थियो तर, उनले ज्यान जोगाए पनि परिवारका सदस्यलाई भने बचाउन सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार