प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा सहमति खोजिने

काठमाडौं, साउन   ३२ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा मुख्य ३ दलका शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नु भएको छ ।

निर्वाचन आयोगले मंसिर पहिलो सातामै निर्वाचनको मिति तोक्न आग्रह गरेपछि प्रधामन्त्री देउवाले आज मुख्य दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नु भएको हो । छलफलमा प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा सहमति खोजिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा शीर्ष नेताहरुबीच सहमति भए प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा निर्वाचन आयोगसंग परामर्श गरी मिति घोषण गरिनेछ । यसअघि हिजो निर्वाचन आयोगका पदाधिकारीले आगामी मंसिरको पहिलो साता प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार