हिन्दु राष्ट्र नेपाल घोषणा नभई चुनाव हुन सक्दैन : जोशी

बुटवल,साउन ३२ – राष्ट्रिय एकता अभियानका महासचिव चक्रदेव जोशीले प्रदेश र केन्द्रको निर्वाचन हुनु अघि नेपाललाई सनातन हिन्दु राष्ट्र नेपाल घोषणा गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
केन्द्रिय र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने मिति आगामि माघ ७ गते भित्रै नेपाललाई सनातन हिन्दु राष्ट्र नेपाल घोषणा नगरिए ति दुईवटै निर्वाचन हुन नसक्ने दाबी समेत उनले गरे ।
भारतको हरिद्धारदेखी नेपालको मुक्तिनाथ हुदै पशुपतिनाथ सम्मको नेपाल भारत एकता तिर्थयात्राको क्रममा बुटवल आएका जोशीले विश्वकै एक मात्र हिन्दु राष्ट्र नेपाललाई नेपाली जनताको माग बिनै राता रात धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै हिन्दु राष्ट्र पुनस्र्थापित गर्नुपर्ने आवस्यकता औल्याए ।
कृष्चियनहरुले नेपालमा रहेका दिन दुखिहरुलाई बिभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराएको भन्दै उनले अब आफुहरुले हिन्दु राष्ट्र नेपाल पुनस्र्थापनाको एजेण्डा सँगसँगै गरिव र निमुखा नेपालीहरुको जिबिकोपार्जनका कार्यक्रम समेत ल्याउने बताए ।
अन्तराष्ट्रिय हिन्दु जनजागरण गौ रक्षा अभियानका अध्यक्ष समेत रहेका जोशीले आफुहरुले नेपालका गरिब दुखीहरुको जिबिकोपार्जनका लागि निकट भविस्यमै एक लाख उन्नत जातका गाई बितरण गर्ने योजना रहेको जानकारी दिए ।
राष्ट्रिय शिव सेना पार्टीका लुम्बिनी अञ्चल समितिका अध्यक्ष थम्मन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय एकता अभियान प्रवासी संघका उपाध्यक्ष हरी प्रसाद भट्टराई,राष्ट्रिय शिव सेना पार्टीका महामन्त्रि घनश्याम भण्डारी,नेपाल भारत एकता तिर्थयात्राका अभियन्ताहरु कृष्ण प्रसाद भट्टराई,यात्रा व्यवस्थापक प्रेम न्यौपाने,हिन्दु राष्ट्र नेपाल पुनस्र्थापना अभियानका अगुवा वजिर थापा लगायतले बोल्दै नेपाल पुन हिन्दु राष्ट्र घोषणा भएरै छाड्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा भारतको हरिद्धार,गंगा जमुना लगायत चारधाम र नेपालको प्रमुख धार्मिकस्थल मुक्तिनाथ हुदै बुटवल आएका ४० जना तिर्थयात्रीहरुलाई राष्ट्रिय शिव सेना पार्टी लुम्बिनी अञ्चल समितिले फुलमालाले अभिनन्दन गरेको थियो ।
गत साउन २ गते भारतिय जनता पार्टीका नेता तथा सांसद भगत सिंह कोश्यारी र भारतका लागि नेपालका राजदुत दीपकुमार उपाध्यायले हरिद्धारबाट बिदाई गरेको नेपाल भारत एकता तीर्थयात्राको बिदाई गरेको सो टोली साउन ३० गते काठमाण्डौ स्थित पशुपतिनाथमा पुगेर समापन गर्ने पुर्वनिर्धारित कार्यक्रम रहे पनि मौसमको प्रतिकुलताका कारण रुपन्देहीको सैनामैनास्थित पर्रोहा परमेश्वर बोलबम धाममा जलार्पण गरी समापन गरिएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मोहनचन्द्र अधिकारी,नेपाली कांग्रेसका नेताहरु हरीबोल भट्टराई,खुमबहादुर खड्का,तारानाथ रानाभाट,नेपाली कांग्रेसकै युवा नेता देवेन्द्रप्रकाश पौडेल लगायत हिन्दुराष्ट्र नेपाल पुनस्र्थापना अभियानका अभियानका अभियन्ताहरु सम्मिलित राष्ट्रिय एकता अभियानले हरितालिका तिजको अवसरमा पशुपतिनाथमा बिशेष कार्यक्रमको आयोजना गरि हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि संघर्ष समितिको घोषणा समेत गरीने अभियानका महामन्त्रि जोशीले जानकारी दिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार