बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको प्रयास हुँदै : सरकार

काठमाडौं  – बाढी प्रभावितलाई राहत तथा उद्धारका लागि प्रयास भइरहेको सरकारले जनाएको छ । बाढी प्रभावित जिल्लामा हेलिकप्टर मार्फत खाद्यान्न पठाउने तयारी भएको छ । मौसम धुम्मिएकाले सुधार हुनासाथ सेनाको हेलिकोप्टरबाट खाद्यान्न पठाइने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार खाद्यान्न ढुवानीका लागि हेटौंडामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । खाद्यान्न समेत लोड भइसकेको छ । मौसम खुल्नासाथ उडान थाल्ने उहाँले बताउनुभयो ।

यस्तै स्थलगत जान सकिने ठाउँमा स्थलमार्ग हुँदैपनि खाद्य सामग्री पुर्‍याउन थालिएको उहाँले जानकारी दिनुभयो । बाढी पहिरोका कारण कम्तिमा पनि ६६ जनाको ज्यान गएको पुष्टि भएको छ ।  ५३ जना बेपत्ता भएका छन्  ।

यसैबिच प्रधाननमन्त्री शेरबहादुर देउवासहित उच्च पदाधिकारीको टोली पनि सोमबार बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाँदैछ । मौसम खुल्नासाथ प्रभावित क्षेत्रको निरीक्षणमा निस्कने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार