इरानमा कानुन नरम बनाइने, मृत्युदण्ड हुने अवस्थामा कमी आउने

एजेन्सी – इरानको संसद्ले लामो समयदेखि थाँती रहेको लागू औषध कारोबारसम्बन्धी कानुनलाई नरम बनाउने विधेयकलाई संशोधन गरेको छ ।

कानुनमा सुधार गरी ल्याइएसँगै धेरै नागरिकको मृत्युदण्ड हुने अवस्थामा निकै कमी आउने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि विधेयक लागू हुने अवस्थामा आउन कन्जरभेटिभ समूहको प्रभाव रहेको ‘गार्डिएन काउन्सिल’ले पनि अनुमोदन गर्नुपर्छ ।

संसदमा महिनौं लामो बहसपछि लागू औषधसम्बन्धी कानुनलाई अनुमोदन गर्न सफलता मिलेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार