गगन थापाको भिडियो सन्देश, बाढी पहिरो प्रभावितको सहयोगमा जुट्न आह्वान

काठमाडौं, साउन ३० – नेपाली कांग्रेसका नेता गगन थापाले बाढी पहिरो प्रभावितलाई सहयोगका लागि सबैसँग अपिल गर्नुभएको छ ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका थापाले आफ्नो फेसबुक पेजमा भिडियो सन्देश मार्फत अहिले बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दा सहयोगको खोजीमा रहेकाले सबैले आफ्नो स्थानमा सक्दो सहयोग गर्नु पर्ने बताउनुभएको हो ।

आफूसहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा पुग्ने प्रयासमा रहेको र त्यहाँ अत्यावश्यक सामग्री पु¥याउन लागि परेको उहाँले बताउनुभएको छ । उहाँले सबैलाई सहयोगको अभियानमा सहभागी हुन आग्रह पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार