एमालेलाई भोट नदिएको भन्दै घर निकाला

पाल्पा – स्थानीय तह दोस्रो चरणको निर्वाचनमा पराजित भए लगत्तै पाल्पा रामपुर नगरपालिका वडा नम्बर ५ बेझाड बजारका एमालेका प्रमुख पदका प्रत्यासि राजु प्रसाद श्रेष्ठले बिगत १५ बर्ष देखि आफ्नो घरमा ब्यबसाय गर्दै आएका शिव प्रसाद ढकाललाई घर खालि गर्न आदेश दिएका छन् ।

बाहुन क्षेत्रीको अन्तर्घातका कारण आफु हारेको र सोही कारण उनलाई कारबाही स्वरुप घर खालि गर्न आदेश दिएको बताइएको छ । उनी प्रमुख पदका प्रत्यासि रमण बहादुर थापाले भन्दा १२०९ भोट कम ल्याएर पराजित भएका हुन् । ढकालकी श्रीमती र ससुराली फरक आस्था भएका कारणले उनीहरुलाई धम्काउने ढंगले यो कार्य गरेको पिडितले बताउँछन् ।

२०७० को संविधान सभा निर्वाचनको अघिल्लो साझ काङ्ग्रेस छोडि एमालेमा प्रबेश गरेकी उप प्रमुखकी उम्मेदवारले भन्दा झन्डै ६०० मत कम ल्याएका जिल्ला कमिटी सदस्य राजुले नैतिक रुपमा चुनावी प्रक्रियामा झन बढी हारेको कार्यकर्ताको बुझाइ छ ।

आज सम्म कुनै पदमा चुनावी प्रक्रियामा नगएका उनले सहमतिका आधारमा केही सस्थाको नेतृत्व गर्दै आएका थिए । तिनै सस्थमा पनि चरम राजनीति गरेको नगरवासिको गुनासो छ ।

आरोपित एमालेका सक्रिय कार्यकर्ता शिव प्रसाद ढकाल र उनका परिवारको बदनाम गर्ने कार्यमा सम्लग्न ब्यक्ति खोजि गरि दोषि उपर कार्वाही गरि पाउ भनी माग राखेपछि आफ्ना मान्छे र आफ्ना समुदायका मान्छे तानिने डरले उनले यस्तो निर्णय लिएको पाइन्छ ।

पुर्ब भुमि सुधार मन्त्री दलबहादुर राना सभासद राधाकृष्ण कडेल जिल्ला अध्यक्ष नारायण आचार्य लगायत सँग न्याय माग्दा उनले कसैलाई बोल्न नदिइ पार्टीको बदनाम गरेको स्थानीय कार्यकर्ताको भनाइ छ ।

उनको घर बजार चोकमै रहेको कारण बाहिर बाट नेताहरू आई झोला बिसाउने स्थान भएकोले आगामि दिनमा यो अबसर मिल्दैन कि भन्ने डरले उनिहरुपनि यस घटनामा सहमति भएको पार्टीका नेताहरूको बुझाइ छ ।
पिडित ढकालले आफुलाई घर छोड्न पठाउन उनको अधिकार भए पनि राजनैतिक आरोप लगाएर निकाल्नु कहाँसम्मको न्याय संगतको कुरा हो भने ।

बिगत १७ बर्ष देखि रामपुरमा बस्दै आएका उनको सामाजिक छवि राम्रो रहेको छ उनले दिएको एक महिनाको समय भित्रै उनको घर खालि गरिदिदै आफ्नो पसल दोस्रो ठाउमा ब्यबस्थापन गरिसकेको जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार