सिन्धुलीको गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको मृत्यु

सिन्धुली, साउन २८ – सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयको पर्खाल लडेर घर भत्किँदा २७ वर्षकी दुर्गा खड्का, उहाँका छोरा १० वर्षका अनिष र ८ वर्षका मनिष तथा १५ वर्षकी छोरी शोभाको ज्यान गएको सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

शुक्रबार राति चिसो भएर घर बाहिर निस्किएका दुर्गाका श्रीमान उदयबहादुरलाई  प्रहरीले उद्धार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार