अमेरिकाले भन्यो– हामी उत्तर कोरियाको दुश्मन होइन

काठमाडौं । मिसाइल कार्यक्रमलाई लिएर बढ्दो तनावका बीच अमेरिकाले भनेको छ कि उसले उत्तर कोरियामा सत्ता परिर्वतनका मनसाय बनाएको छैन ।

विदेशमन्त्री रेक्स टिलरसनका अनुसार अमेरिकाले उत्तर कोरियासँग कुराकानी गर्न चाहेको छ । उनले भने, ‘हामी तिम्रो (उत्तर कोरियाको) दुश्मन होइन ।’

एक वरिष्ठ रिपब्लिकन सांसदले भने राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग युद्धलाई एक विकल्पका रुपमा हेरेको बताएका छन् ।

उत्तर कोरियाले हालै मात्र एक मिसाइलको परीक्षण गरेको छ, जसले अमेरिकासम्म मार हान्न सक्ने बताइएको छ ।

विदेशमन्त्री टिलरसनले भने, ‘हामी सत्तामा परिवर्तन चाहँदैनौं । हामी चाहँदैनौं कि त्यहाँ मौजुदा सरकारको ‘कू’ हो । हामी आफ्नो सेना पठाउने कुनै बाहाना खोजिरहेका छैनौं ।’

अमेरिका उत्तर कोरियाको दुश्मन नभएको र उत्तरका लागि खतरा पनि नभएको उनले बताए । विदेशमन्त्री टिलरसनले भने, ‘तर, उत्तर कोरिया अभूतपूर्व रुपमा हाम्रा लागि खतरा देखिएको छ र हामीले यसमा कारबाही गर्नुपर्छ ।’

संयुक्त राष्ट्रसंघको प्रतिवन्धका बावजूद उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ । उत्तर कोरियाले गत शुक्रबार मात्र इन्टरकन्टिनेन्टल मिसाइलको परीक्षण गर्यो । यो यस वर्ष भएको १४ औं मिसाइलको परीक्षण मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार