फ्यानले दिएका प्रेमपत्र संगालेर किताब निकाल्ने मन्जुको धोको

काठमाडौं । फरासिली, हाँसेर बोल्ने, स्टेजबाटै दर्शकसँग सवाल जवाफ गर्न सक्ने । एफएमबाट करिअर सुरु गरेकी कार्यक्रम प्रस्तोता मञ्जु पौडेलले स्टेजमा बबालै गरिन् एक समय ।

आयोजकले खोज्ने जस्तै गुण थियो मञ्जुमा । सांगीतिक कार्यक्रमको अतिरिक्त अन्य ब्यबसायिक र सामाजिक संघ-संस्थाले आयोजना गर्ने कार्यक्रममा पनि उनको हाइहाइ भयो । कतिपयले उनलाई ‘स्टेज क्वीन’ कै उपमा दिए ।

मञ्जु आफैं भन्छिन्, ‘जुनसुकै उमेर समुहका दर्शकसँग ट्याकल गर्ने क्षमता राख्छु । जहाँ पुगेँ, त्यहाँका दर्शकलाई सन्तुष्ट बनाएर फर्किएकी छु ।’

कार्यक्रम प्रस्तुतिका सबै अवसर सुखद हुँदैनन्, सामान्य गल्तिमा पनि दर्शकले बबाल मच्चाउन सक्छन् । यस अर्थमा मञ्जु आफुलाई भाग्यमानी महसुस गर्छिन् ।

‘अहँ आजसम्म मैले कहिल्यै दर्शकको अवरोध सामना गर्नुपरेन । बरु मायाको चिनो दिनेहरु धेरै छन्,’ मन्जुले भनिन् ।

उनको घरमा अहिले पनि फ्यानले दिएका सयौं चिट्ठी र कार्डहरु छन् । त्यस्ता ‘प्रेमपत्र’लाई सुरक्षित राखेकी मञ्जु आउँदा दिनमा संग्रह गरेर पुस्तकको रुप दिने सोचमा छिन् ।

त्यसरी आउने चिठ्ठी र कार्डहरुमा प्रायले सफलताको कामना गरेका हुन्थे भने कतिले गीत, कविता र सायरीहरु लेखेका हुन्थे । मन परेका सायरी उनी कार्यक्रममै सुनाउथिन्, फलानो दर्शकले लेख्नु भएको भन्दै ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार