सेञ्चुरी कमर्सियलको हकप्रद आजबाट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आज (साउन १६ गते ) बाट १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गरिरहेको छ ।

बैंकको सेयरमा असार २६ गतेसम्म सेयर स्वामित्व भएकाले लगानी गर्न पाउने छन् । बैंकको सेयर भदौं १८ गतेसम्म बिक्री खुला रहनेछ ।

बैंकको हकप्रद निष्कासनपछि चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल बैंकको पुँजी ४ अर्ब ७१ करोड रहेको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १ सय कित्ता सेयर बराबर सेती फाइनान्सको ७० कित्ता हुने गरेर सेतीलाई एक्वायर (प्राप्ति) गर्ने भएको छ ।

सेतीले साउन १६ गते विशेष साधारणसभामा एक्वायरमा जाने प्रस्ताव लैजादैछ । बैंकले यसअघिपनि तीन वटा संस्था एक्वायर गरेको छ भने अल्पाइन डेभलपमेन्ट बैंक पनि एक्वायर गर्ने तयारीमा रहेको छ । बैंकले सहजै ८ अर्ब चुक्ता पुँजी पुर्याउने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार