चेल्सीका मिडफिल्डर म्याटिक युनाइटेड जाँदै

काठमाडौं । इंग्लिस क्लव म्यान्चेस्टर युनाइटेडले चेल्सीका सर्वियन मिडफिल्डर नेमाञ्जा म्याटिकलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ ।

२८ वर्षीय म्याटिक जारी सिजनमा युनाइटेडका लागि तेस्रो अुनबन्ध हुनेछ । भिक्टर लिण्डेलोफलाई ३१ मिलियन पाउण्डमा बेनफिकाबाट र रोमेलु लुकाकुलाई ७५ मिलियन पाउण्डमा एभर्टनबाट अनुबन्धित गरेको थयो ।

पि्र-सिजन टूरमा भल्गेरेंगालाई ३-० ले पराजित गरेपछिको पत्रकार सम्मेलनमा युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले म्याटिकलाई युनाइटेडमा ल्याउन आतूर रहेको प्रतिक्रिया दिए । उनैले म्याटिकलाई चेल्सीमा अनुबन्ध गरेका थिए ।

सन् २०१४ को जनवरीमा माउरिन्होले म्याटिकलाई २१ मिलियन पाउण्डमा बेनफिकाबाट अनुकन्ध गरेका थिए । सन् २०११ मा चेल्सीले नै उनलाई ५ मिलियनभन्दा कम मूल्यमा बेचेको थियो । त्यतिबेला ब्राजिलियन डिफेण्डर डेभिड जुइजलाई अनुबन्ध गर्न लाग्दा चेल्सीले म्यटिकलाई बेनफिका पठाएको थियो ।

चेल्सीले उपाधि जितेको २०१६/१७ को सिनजमा खेलेको ३५ पि्रमियर लिग खेलमा म्याटिकले एक गोलमात्र गरेका छन् । तर एफए कपको सेमिफाइनलमा उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा टोटनहृयाम पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार