लिभरपुलको लक्ष्य प्रिमियर लिगको उपाधि

काठमाडौं । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले यो सिजन प्रिमियर लिगको उपाधि जित्ने दाबी गरेका छन् । गत सिजन आफ्नो टिमको ब्याड लक रहेको उनले बताए ।

गत सिजन लिभरपुलको सुरुवात राम्रो थियो । लिग लिडर चेल्सी भन्दा मात्र ६ अंकले पछाडि थियो । तर, जनवरी र फेब्रअरीमा मात्र लिगमा एक खेल जित्न सक्यो र १७ अंकले पछि हुँदै चौथो स्थानमा रहृयो ।

क्लोपले भने, ‘हामी च्याम्पियनसीपका लागि खेल्छौं । कुनै उद्देश्य नभएर जसरी सिजनको सुरुवात गर्दैनौं ।’ टिम राम्रो रहेको भन्दै उनले भने, ‘मलाई लाग्छ, हामी अझ राम्रो खेल्छौं । आश गरौं सबैले राम्रोसँग काम गर्छ र राम्रो बनाउन धेरै सुधार गर्नु पनि छैन ।’

बार्सिलोनाले फिलिप काउटिन्होमाथि आँखा लगाएको छ तर, क्लपले उनलाई नबेच्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार