भलिबल स्टार प्रतिभा माली साहस स्पोर्टसको ब्राण्ड एम्बेसडर नियुक्त

राष्ट्रिय भलिवल खेलाडी प्रतिभा माली स्पोर्ट वेयर उत्पादक कम्पनी साहस स्पोर्टसको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा साहस स्पोर्टसका प्रवन्ध निर्देशक जनक न्यौपाने र खेलाडी मालीले एक वर्षको सम्झौतापत्रमा हस्ताक्षर गरे । साहसले महिला भलिवल एकेडेमी न्यु डायमण्ड एकेडेमीलाई पनि एक वर्षको प्रायोजन गरेको छ ।

एक वर्षमा साहसले न्यु डायमण्डलाई ५० सेट जर्सी र ५० सेट ट्र्याक शुट उपलब्ध गराउनेछ । न्यु डायमण्डले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरुमा साहसकै लोगोअंकित जर्सी प्रयोग गर्ने सम्झौता भएको छ ।

त्यस्तै न्यु डायमण्डकी खेलाडी प्रताभा माली एक वर्षका लागि साहसको ब्राण्ड एम्बेसडर हुनेछिन्, उनले मासिक १० हजार पाउनेछिन् भने वर्षभरिका लागि आवश्यक पोशाक पाउनेछिन् । माली र क्लवलाई गरेर साहसले वार्षिक ३ लाखको प्रायोजन गरेको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै साहस स्पोर्टसका प्रबन्ध निर्देशक न्यौपानेले भलिबल राष्ट्रिय खेल भएकाले यसको प्रचार र विस्तारमा सबैले सहयोग गर्नुपर्ने बताए । त्यसैअनुसार आफूले न्यु डायमण्ड क्लवसँग सहकार्य गरेको उनले बताए ।

साहस स्पोर्टसले मंगलबारबाट औपचरिक रुपमा विक्री सुरु गरेको पनि जानकारी दिएको छ । साहसका उत्पादन चाइना टाउन र कमलपोखरी स्थित सिटी सेन्टरको विपरिततर्फ रहेको पसलमा उपलब्ध रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार