कर्णालीमा सडक जोड्न पहाड फुटाउँदै सेना

१८ साउन, काठमाडाैं । सेनाले जिम्मा लिएको कालिकोटको लालिघाट (खुलालु)देखि शान्तिघाट हुँदै हुम्ला सदरमुकाम सिमिकोटसम्मको १४५ किलोमिटर कर्णाली करिडोर निमार्णको काम ३० किलो मिटर सम्पन्न भइसक्यो ।

कालिकोटको पलाता क्षेत्रको जारकोटसम्मको ३० किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएपछि कालिकोटको सबैभन्दा विकट मानिएको पलाता पनि सडक सञ्जालले जोडिएको छ ।

स्युना शान्तिघाट सम्मको ९ किलोमिटर कडा चट्टानी भागमा नेपाली सेनाले रातदिन काम गरेर गाडी गुडाएपछि नेपाली सेनाको काम देखेर स्थानीय चकित परेका छन् ।

स्युनाका महाबिर कार्कीले यसरी गाडी आउला भन्ने सोच्दै नसोचेको भन्दै नेपाली सेनाको काम देखेर अचम्मित परेको बताए ।

काम सुरु भएको एक वर्षमै नेपाली सेनाले निमार्ण कार्य तीब्र रूपमा संञ्चालन गरी केही भागमा यातायात संञ्चालन भएपछि कालिकोटका साबिकका १७ गाबिस सडक संञ्जालमा जोडिएका छन ।

नेपाली सेनाको निर्माण सामग्री बोक्ने ट्याक्टर र साना सवारी साधन जीप र मोटरसाइकलहरु शान्तिघाट हुदै कालिकोट सीमा क्षेत्रमा पुग्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार